लाइफ टाइम ब्याट्री अस्योरेन्स सहित टीभीएस आई क्युब इलेक्ट्रिक स्कुटर सार्वजनिक

१ हप्ता अगाडि

काठमाडौं - नेपाली बजारमा टीभीएस मोटर्सका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले लाइफ टाइम ब्याट्री अस्योरेन्स सुविधा सहित यो स्कुटर ल्याएको छ ।

नेपालीहरूका लागि ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत मुख्य चिन्ता भएकाले टीभीएसले आई क्यूब मार्फत नेपालमा इलेट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्देश्य राखेको छ । ब्याट्री अस्यारेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आई क्यूबका ग्राहकले ७० प्रतिशत एसबीएच ९स्टेट अफ हेल्थ० सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने कम्पनीले जनाएको छ । टीभीएस आई क्युब र टीभीएस आई क्युब एस गरी टीभीएस आई क्यूबका दुई मोडल उपलब्ध हुनेछन ।

कम्पनीका अनुसार ब्याट्री अस्योरेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आई क्यूबका ग्राहकले पाँच वर्षमै इन्धन र मर्मतमा रु १,३५,००० बचत गर्न सक्नेछन् । पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्ने कम्पनीको तर्क छ । नेपालमा ३३ डिलरहरूमा उपलब्ध रहेको आई क्युबको मूल्य दुई लाख ९९ हजार ९०० रुपैयाँबाट सुरु हुन्छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया