१० दिन पछि बजारमा आउने बजाज पल्सर ४०० को टिजर सार्वजनिक

१ हप्ता अगाडि

काठमाडौं - भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोले नयाँ पल्सर ४०० को टिजर राख्दै मे ३ मा सार्वजनिक गर्ने  जानकारी गराएको छ ।

२०२४ को सुरूआतमौ बजाज अटोका निर्देशक राजिव बजाजले यो वर्ष सबैभन्दा ठूलो पल्सर आउने घोषणा गरेको थिए । कम्पनीका अनुसार बजाज पल्सर ४०० डोमिनार ४०० को तुलनामा कम मूल्यमा सार्वजनिक हुनेछ । टिजरमा मोटरसाइकल बारे कुनै जानकारी नदिएता पनि बजाज पल्सर ४०० एनएस २०० को च्याचिसमा आउने सम्भवना रहेको छ । एनएस २०० को च्याचिसलाई अपग्रेड गरेर ठूला इन्जिनसमेत धान्न सक्ने क्षमतामा ल्याइने अनुमान गरिएको हो ।

डोमिनारमा प्रयोग भएको ३७३ सीसीको सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन यस मोटरसाइकलमा हुने अनुमान गरिएको छ । उक्त इन्जिनले अधिकतम ४० बीएच पावर तथा ३५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स, स्लिप र असिस्ट क्लचसँगै टप भेरियन्ट मोडलमा क्वीकसिफ्टर समेत उपलब्ध हुने अनुमान छ । यसका अलावा कम्पनीसँग केटीएम ३९० र ट्रायम्फ ४०० को इन्जिन समेत उपलब्ध छ । कुन इन्जिनमा पल्सर ४०० आउँछ एकीन भन्न सकिन्न ।

पल्सर सिरिजमा आउने नयाँ मोटरसाइकलमा डिजिटल कन्सोल, यूएसडी फर्क, मोनोशक सस्पेन्सन, डबल डिस्कब्रेक र डबल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल, पूरा एलईडी लाइट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ब्लुटूथ कनेक्टिभिटी सिस्टम र टर्न बाइ टर्न नेभिगेसन जस्ता फिचर हुने अपेक्षा गर्न सकिन्छ । नेपाली बजारमा बजाजका मोटरसाइकल बिक्री गर्ने कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले बजाज पल्सर चाँडै नै नेपाल ल्याउने सम्भावना रहेको छ । कम्पनी स्रोतका अनुसार बजाज पल्सर ४०० भारतीय बजारमा सार्वजनिक भएको केही समयमै नेपाल ल्याउने तयारी भइरहेको छ । कम्पनीले पल्सर ४०० नेपालमा नै एसेम्बल गर्ने भएको कारण मूल्य समेत कम हुने अनुमान गर्न सकिन्छ ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया