तराईका यि जिल्लामा तातोहावा, पहाडमा हावाहुरीसहित भारी वर्षा

१ हप्ता अगाडि

काठमाडाैं - तराईका जिल्लाहरुमा केहीदिन यता  तातो हावा चलिरहेको छ । तातो हावा चल्दा तराईका जिल्ला बढी  प्रभावित भएका छन् । त्यस्तै बुधबार तराईमा चर्को घाम लागे पनि पहाडमा हावाहुरीसहित भारी  वर्षाको संम्भावना रहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो समय  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावदेखिएको हो ।

महाशाखाकाअनुसार अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ। बुधबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्यासङिहत छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी प्रदेश लगायत देशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

१ हप्ता अगाडि

प्रतिक्रिया