ऋषि ट्रेड सेन्टरको जिहो ब्रान्डका बाइक तथा विद्युतीय स्कुटर नेपाली बजारमा

१ हप्ता अगाडि

काठमाडौँ- सीएफमोटो र जिहो ब्रान्डका नेपालको लागि आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले जिहो ब्रान्डका बाइक तथा विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ। 

यसअन्तर्गत सीएफमोटोका एनके२५० फन, एसआर२५० फन र एनके ४५० मोडलहरु छन् भने जिहोको एई६ प्लस र एई६प्लस लंग रेन्ज मोडलका इलेक्ट्रिक स्कुटर र सिटी स्पोर्ट्स नामक इलेक्ट्रिक बाइक छन्। उद्घाटन कार्यक्रम झम्सिखेलको नयाँ सीएफमोटो र जिहो को शोरुममा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ३ ललितपुरका अध्यक्ष गोपाल महर्जन र विशेष अतिथि ललितपुर महानगरपालिकाका नगर प्रहरी बल प्रमुख सीताराम हाछेथु, रिलायन्स ग्रुप नेपालका निर्देशक ऋषि अग्रवाल, सीएफमोटोका ग्लोबल सेल्स म्यानेजर ज्याक झाङ र ऋषि ट्रेड सेन्टरका महाप्रबन्धक उज्ज्वल जोशीलगायत उपस्थित थिए। सन १९८९ मा स्थापित सीएफमोटो ब्रान्ड हाल १०० भन्दा बढी देश र ३००० भन्दा बढी बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ। 

कति छ मूल्य ? 
नयाँ सीएफमोटो बाइकहरूमा २५० एनके फनको मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ, २५० एसआर फनको ६ लाख ७४ हजार ९०० र ४५० एनकेको मूल्य ११ लाख १९ हजार ९ सय रुपैयाँ छ।

त्यस्तै जिहोको एई६ प्लसको मूल्य ३ लाख ४४ हजार ९०० सय रुपैयाँ, एई६प्लस लंग रेन्जको ३ लाख ९४ हजार ९०० रुपैयाँ, सिटी पोर्ट्स इलेक्ट्रिक बाइकको मूल्य ३ लाख ४९ हजार ९०० रुपैयाँ छ र प्रि(बुकिङ पनि खुल्ला गरिएको कम्पनीले जनाएको छ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया