अपाचे आरटीआर १६० टु भीको नयाँ एडिशन सार्वजनिक

१ हप्ता अगाडि

काठमाडौं- टीभीएस अपाचे आरटीआर १६० टु भीको नयाँ एडिशन सार्वजनिक भएको छ । टीभीएसको लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले परिर्माजन सहितको नयाँ मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले आरटीआर १६० टू भीमा स्मार्ट कनेक्ट फिचर सहित सामान्य परिमार्जन गरेर ल्याएको हो ।
नयाँ अपाचे आरटीआर १६० टू भीमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ एलइडी डिआरएल सहितको हेडल्याम्प तथा नयाँ ब्रेक लाइट दिएको छ । नयाँ मोटरसाइकलमा १६० सीसी सिंगल सिलिन्डर इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले अधिकतम १४.१४ पीएस पावर र १३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ । अपाचे आरटीआर १६० टू भी म्याट ब्लु, ब्ल्याक कलरमा उपलब्ध मोटरसाइकलको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो ।

१ हप्ता अगाडि

प्रतिक्रिया