एकपटक २ हजार ५०० रुपैयाँ शुल्क तिर्दा वर्षभरि केटीएमका मोटरसाइकल सर्भिसिङ

१ हप्ता अगाडि

काठमाडौं- एकपटक २ हजार ५०० रुपैयाँ शुल्क तिर्दा वर्षभरि केटीएमका मोटरसाइकल सर्भिसिङ गराउने पाइने भएको छ ।

केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एन्ड कम्पनीले केटीएमका ग्राहकलाई लक्षित गर्दै एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट ९एएमसी० योजना ल्याएको हो ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकले २ हजार ४९९ रुपैयाँ शुल्क बुझाएर १ वर्षसम्म आफ्नो मोटरसाइकलमा सर्भिसिङ गराउन छन् । साथै, ग्राहकले अन्य सुविधाहरू पनि पाउने छन् । कम्पनीले एएमसी योजना सुरू गरेका ग्राहकलाई ४ ओटा फ्री सर्भिसिङ, ४ ओटा क्यूआरसी र ४ पटकसम्म फ्रीमा मोटरसाइकल वासिङ सुविधा दिनेछ ।

त्यस्तै, केटीएम ड्युक मोटरसाइकलको पार्टस्हरूमा १२ प्रतिशतसम्म, इन्जिन आयलमा १० प्रतिशत, सर्भिसिङ चार्जमा ५० प्रतिशत र रोड साइड एसिस्टेन्समा ५० प्रतिशत छुट सुविधा दिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार केटीएम ड्युक मोटरसाइकलका राइडरहरूले यो अफर नेपालभरका केटीएमको आधिकारिक सर्भिस सेन्टरमा पाउने छन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया