सिप्रदी ट्रेडीङ्गले म्याक्सचेञ्ज मेला गर्दै फास्ट चार्जरसहित अन्य धेरै फाईदा

१ हप्ता अगाडि

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको अधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडीङ्गले म्याक्सचेञ्ज मेला गर्ने भएको छ ।

कम्पनीले यही वैशाख १४ गतेदेखि १६ गतेसम्म म्याक्सचेन्ज मेला अयोजना गर्ने भएको हो । ग्राहकले जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटा नेक्सन म्याक्स साट्न सक्नेछन् । अत्याधुनिक सवारीहरू प्रति रुची राख्ने ग्राहकहरूलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गर्न लागेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

म्याक्सचेञ्ज मेलामा टाटा नेक्सन इभी म्याक्सका ग्राहकले निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु पाउने छन् ।

 

१ हप्ता अगाडि

प्रतिक्रिया