टिभिएसको सबैभन्दा शक्तिशाली रेसिङ डिएनए, २०२४ अपाचेको आरटीआर १६० नेपालमा

१ हप्ता अगाडि

काठमाडौं - विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । नेपालमा आफ्ना ग्राहकहरुका लागि थुप्रै उत्पादनहरु प्रदान गर्दै आएको टिभिएसको अपाचे सिरिज, मोटरसाइकल उत्साहीहरुमाझ लोकप्रिय ब्रान्ड समेत रहेको छ ।

नयाँ २०२४ टिभिएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको छ । यसको न्यु–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्दछ भने राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्दछ । टिभिएस अपाचे आरटीआर १६०मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर बृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर–टु–वेट रेसिओमा वृद्धि ल्याएको छ । सन् २००५ मा पहिलो पटक लन्च गरिएको टिभिएस अपाचे, ६० भन्दा बढी देशहरूमा बलियो उपस्थितिको साथ संसारभरि सबैभन्दा छोटो समयमा प्रख्यात स्पोर्ट्स ब्रान्ड भएको छ । टिभिएस रेसिङको लामो इतिहासलाई निरन्तरता दिँदै, टिभिएस मोटरको फ्याक्ट्री रेसिङ टोलीले ट्र्याक टु रोड अवधारणामा आधारित निर्माण र परिष्कृत शृङ्खलाले रेसिङको परिवर्तनमा योगदान पु¥याएको छ र केवल उत्पादनबाट उच्च प्रतिष्ठित मोटरसाइकल ब्रान्डको रूपमा विस्तार भएको छ । 

गत वर्ष यसको ५० लाख बिक्री अंक पार गरेर सोही कुरालाई पुष्टि गरेको छ भन्दै टिभिएसको नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक साहिल अग्रवालले टिभिएस मोटर नेपाली बजारमा एउटा जीवनशैली बनेको र यसको यो अपाचेको नयाँ मोडल १६०– टू भी रिफ्रेसमा रेसर्स चोइसअन्तर्गत वाइड रियर टायर, रेस इन्स्पायर्ड डिजिटल डिस्प्ले, नयाँ रेस इन्स्पायर्ड इन्जिन, रेस इन्स्पायर्ड ग्राफिक्स, बिस्ट इन्स्पायर्ड हेडलाइट्स, स्मार्ट कनेक्ट जस्ता अपग्रेडका साथ नेपाली बजारमा भित्र्याउन आफूहरु सफल भएको बताए । 

सन् २०२४ टिभिएस अपाचे आरटीआर १६०मा पाँच स्टेप एडजस्टेबल रियर सस्पेन्सन र पहिलेको भन्दा अझ बढी पावर रहेको छ जसले यसलाई नेपालमा मोटरसाइकल उत्साहीहरूका बीच एक उत्कृष्ट विकल्प बनाएको छ। यस मोटरसाइकलमा उत्कृष्ट ग्रिप प्रदान गर्ने रेमोरा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ जसले यसको गुणस्तर बढाउँछ भने यसको समग्र पर्फमेन्समा सुधारको लागि ब्लुटुथद्वारा सञ्चालित स्मार्टकनेक्टसहितको पूर्ण डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर रहेको छ । यी सबै सुविधाहरूसहित, २०२४ टिभिएस अपाचे आरटीआर १६० नेपाली बजारमा उल्लेखनीय प्रभाव पार्ने तयारीमा प्रस्तुत भएको कम्पनीको भनाई छ । 

आरटीआर ओभरस्क्वायर न्यु–जेन इन्जिनद्वारा संचालित, २०२४ टिभिएस अपाचे आरटीआर १६०मा चार ओटा स्ट्रोक, फ्युल–इन्जेक्टेड १५९।७ सीसी सिंगल–सिलिन्डर, दुई–भल्भ ओटा क्इज्ऋ एयर–कूल्ड इन्जिन रहेको छ भने यसको पावरहाउसले ८५०० आरपीएममा ११.१९ किलोवाटको अधिकतम पावर र ६,००० आरपीएममा १३.०८ एनएम पीक टर्क प्रदान गर्दछ ।डबल–क्र्याडल सिन्क्रो स्टिफ चेसिस रहेको यस मोटरसाइकलमा आक्रामक ब्रेकिङ, स्ट्रेट लाइन पर्फमेन्स र टाइट कर्नरिङका लागि उत्कृष्ट  पाँच–स्पीड गियरबक्स र २७० एमएम रोटो–पेटल डिस्क ब्रेकले सुसज्जित छ भने यसको सिङ्क्रोनाइज्ड स्टिफ चेसिसले पर्फमेन्स मात्र नभई राइडरहरुका लागि सुरक्षित सन्तुलन पनि सुनिश्चित गर्दछ । सन् २०२४ टिभिएस अपाचे आरटीआर १६० – म्याट ब्लू, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरि पाँच वटा रंगहरूमा उपलब्ध हुनेछ जसको मूल्य तीन लाख पाँच हजार नौ सय रुपियाँ रहेको छ ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया