६२५ नेपाली कामदार कतारमा अलपत्र

१ हप्ता अगाडि

काठमाडौँ - कम्पनीले छ महिनादेखि तलब नदिएपछि  कतारको अल जावर पार्टनर्स कम्पनीमा ६२५ जना नेपाली अलपत्र परेका छन्। तलब नदिएपछि उनीहरुले काम रोकेर प्रशासनलाई जानकारी गराएर बसेको छन् ।

समस्यामा परेकाहरूलाई गत शनिबारदेखि एनआरएनए कतारले खानाको व्यवस्था गर्दै आएको छ । एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले समस्यामा परेकाहरुलाई खानाको व्यवस्था गर्दै आएको जानकारी दिए । यस सम्बन्धमा आज श्रममन्त्री डीपी अर्याललाई जानकारी गराएको बताउँदै समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको जानकारी गराएको भट्टले बताए । उक्त कम्पनीमा करिब १५०० कामदार रहेका र ६२५ नेपाली बाहेक अरु सबै विदेशी कामदार रहेको बताइएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया