लाइसेन्स नबिकरण शूल्क २० अर्ब तिरेर नयाँ लाइसेन्स सुनिश्चत गर्दै टेलिकम

१ हप्ता अगाडि

काठमाडाैं ।नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (एनटीसी)ले लाइसेन्स नविकरण गर्ने भएको छ । २० अर्ब  रूपैयाँ नविकरण दस्तुर तिरेर कम्पनीले  नयाँ लाइसेन्स  लिने बाटो खुला गरेको हो । कम्पनीको विहिबार बसेको संचालक समितिको बैठकले  बाँकी रहेको नविकरण शूल्क २० अर्ब १३ करोड रुपैयाँ बुझाउने र  नयाँ लाइसेन्स लिने सुनिश्चिता गरेकाे जनाएकाे छ।

टेलिकमको लाइसेन्स अवधि आगामी २८ वैशाखमा २५ वर्ष पूरा हुँदै छ । कम्पनीको लाइसेन्स अवधि  २५ वर्ष हुने र त्यसपछि १० वर्षमा नविकरण गर्नुपर्ने व्यवस्था थियो ।  अहिले टेलिकम कम्पनीले बुझाउन लागेको रकम तेस्रोपटक नविकरण बापत तिर्नुपर्ने रकम हो ।  कम्पनीले २०७६ देखि ०८१ सम्म नबिकण गरेको थियो । यो रकम  बुझाएपछि कम्पनीले नयाँ लाइसेन्सको लागि पक्रिया अघि बढाइसकेको छ । कम्पनीले २२ करोड रुपैयाँ तिरेर  नयाँ लाइसेन्स लिने भएको छ । 

कर्मचारी युनियनको विरोध ः

सेवाको नविकरण सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणले एनटीसीलाई मिति बैशाख ४ गते पत्र पठाएको थियो । तेस्रो नविकरण दस्तुर सम्बन्धि विषयमा विगतको प्रचलन तथा विधि पद्धति समेतलाई वेवास्ता गरी निर्णय गरेको भन्दै कर्मचारी युनियनहरुले पनि विरोध जनाएका छन् । कर्मचारी युनियनका ४ संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै नविकरण गर्न हतार नगर्न सुझाव दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कर्मचारी प्रतिनिधि सञ्चालक सदस्य समेत अनुपस्थित रहेको समयमा यस अघि नेपाल सरकार मन्त्रीपरिषदले कम्पनीलाई नविकरण दस्तुर बुझाउन गरिएको सहुलियत समेत कट्टी हुने गरी एकमुष्ट रुपमा रु।२० अर्ब बुझाउने भनि मिति २०८१ बैशाख १३ गतेको सञ्चालक समितिबाट निर्णय भएको भन्ने सुनिन आएकोले यस विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता कम्पनीलाई दिर्घकालीन असर पार्ने विषयहरुमा निर्णय गरिदा गम्भिर बन्न सरोकारवाला सबैमा आग्रह गर्दछौं ।’

कम्पनीका रणनीतिक योजना, आयोजना, दिर्घकालीन नीति, लगानीको क्षेत्र पहिचान, सेवाग्राही लाभका विषय, कर्मचारी र श्रम सरोकारका विषयहरुमा उदासिन पक्षहरुबाट कम्पनीलाई दिर्घकालीन असर पर्ने विषयहरुमा हठात रुपमा निर्णय गरिनुलाई स्वभाविक मान्न नसकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया