इजरायल र हमासबिच युद्धविरामको प्रयास

२ हप्ता अगाडि

काठमाडौँ - इजरायल र हमासबिच गाजामा युद्धविराम लागू गर्ने प्रयास जारी छ। दुई पक्षबिच सम्झौता भयो भने इजरायलले दक्षिणी गाजाको रफाहमा आफ्नो आक्रमण स्थगित गर्न सक्नेछ । 

इजरायली विदेशमन्त्री इजरायल केट्जले हमासले आफ्नो हिरासतमा रहेका बन्धकहरूलाई रिहा गरेमा यो पूर्वनियोजित आक्रमणलाई रोक्न सकिने बताएका छन् । यसैबिच, अमेरिकी विदेशमन्त्री अरब देशका राजनीतिज्ञहरूसँग वार्ता गर्न साउदी अरबको राजधानी रियाद पुगेका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार एन्टोनी ब्लिन्केनले यो द्वन्द्व अन्य क्षेत्रमा नफैलियोस् भन्नेमा जोड दिनेछन् । शनिबार हमासले दुई बन्धकको भिडियो सार्वजनिक गर्दै उनीहरू जीवित रहेको प्रमाण दिएको थियो । 

२ हप्ता अगाडि

प्रतिक्रिया