‘ओरा- ३’को मूल्य घट्यो

२ हप्ता अगाडि

काठमाडौं - चाइनीज बजारमा एकपछि अर्को इलेक्ट्रीक भेहिलक ब्राण्डले मूल्य कटौती गरेसँगै अधिकांश ब्राण्डले मूल्य घटाइरहेका छन् । मूल्य घटाउने दौडमा ग्रेटवाल मोटर्स पनि समावेस भएको छ ।

कम्पनीले चीनमा चर्चित ईभी मोडल ओरा-३ को २०२४ मोडल सार्वजनिक गर्दै मूल्य घटाएको हो । कम्पनीले फेसलिफ्ट ओरा ३ को एक्टेरियर तथा इन्टेरियरमा अपडेट गरेको छ । साथै, दुई नयाँ कलर र्यागडोल ह्वाइट र स्मोक ग्रे कलर थपिए हो । ग्रेटवाल मोटर्सले यसअघि बिक्री गर्दै आएको ओरा- ३ को मूल्य १७ हजार ९ सय डलर रहेको थियो । अहिले फेसलिफ्ट मोडलको मूल्य ३ हजार ३०० डलरले घटाएर १४ हजार ६ सय डलर कायम गरिएको छ ।

ग्रेटवाल ओरा-३ को लम्बाई ४२३५ एमएम, चौडाई १८२५ एमएम तथा उचाई १५९६ एमएम रहेको छ । यसको ह्वीलवेस २६५० एमएम छ । कम्पनीले ओरा(३ को सबै भेरियन्टमा ‘भेहिकल टु लोड चार्जिङ स्ट्याण्डर्ड फिचर’को रुपमा दिएको छ ।

त्यस्तै, ओरा- ३ को लग्जरी भेरियन्टमा लेवल टु एड्भान्स ड्राइभर असिस्ट सिस्टम समेत थपिएको छ । यो सिस्टममा भोइस एक्टीभेटेड अटोनोमस पार्किङ, एआई अटोनोमस पार्किङ तथा मोवाइल फोन रिमोट पार्किङ समेत छ ।ओरा ३ चीन बाहेक जर्मन, बेलायत, स्वीडेन, थाइल्याण्ड, नेपाल, अष्ट्रेलिया, ब्राजिल, मेक्सीको जस्तो देशमा समेत बिक्री हुँदै आएको छ । विश्वभर ओरा- ३ मोडलको बिक्री २ लाख २० हजारभन्दा धेरै यूनिट भइसकेको छ ।


 

२ हप्ता अगाडि

प्रतिक्रिया