हेटौँडामा लक्ष्यभन्दा ७२ प्रतिशत बढी राजस्व सङ्कलन

२ हप्ता अगाडि

काठमाडौँ - आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्षको चैत महिनासम्मको राजश्व सङ्कलनको लक्ष्यभन्दा ७२ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयको चालु आवको चैत मसान्तसम्मको कुल राजस्व सङ्कलनको लक्ष्य छ अर्ब २९ करोड ५४ लाख ९९ हजार रुपियाँ रहेकोमा चालु आवको नौ महिनाको अवधिमा ७२.३३ प्रतिशत अर्थात चार अर्ब ५५ करोड ३४ लाख ४२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

यस्तै चैत महिनाको मात्र ९३ करोड ५८ लाख ९६ हजार रुपियाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा सो एक महिनामा लक्ष्यको ५२.३१ प्रतिशत अर्थात् ४८ करोड ९५ लाख ७६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको कार्यालयले बताएको छ । राजस्व कार्यालयले आयकर, घर बहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क र स्वास्थ्य सेवा कर शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया