काठमाडौंमा एक महिने ‘सीप मेला’ भोलिदेखि

२ हप्ता अगाडि

काठमाडौं - शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने मुख्य उदेश्यका साथ काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा ‘सीप मेला’ आयोजना गर्ने भएको छ । 

एक महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउने भएको हो । यसरी तालिम प्राप्त सबैलाई रोजगार, स्वरोजगार तथा ओजेटी (अन द जब ट्रेनिङ) को सुनिश्चित गर्ने भएको छ । रोजगारदाता सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दात्रु निकाय, शैक्षिक क्षेत्र र तालिम प्रदायक संघसंस्था , सामाजिक क्षेत्र सबैले सहकार्य गर्नेछन् ।

बजारमा सीपयुक्त जनशक्तिको अभाव छ । अर्को युवाहरूमा योग्यता अनुसार रोजगार नपाएको गुनासो छ । रोजगारदाताको आवश्यकता अनुसार सीपमेला को आयोजना हुने भएको हो । सीप विकासका लागि महानगरले सामुदायिक विद्यालयको कक्षा ९ र १० मा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत तालिम सञ्चालन भएको छ । अर्को ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमका लागि ३४ भन्दा धेरै तालिम छन् ।

त्यस्तै साइबर सेक्युरिटीमा चार हजारलाई तालिम दिइदैछ । यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिलाई रोजगारदाताहरुसँग सम्पर्क गराउने सीपमेलाको मुख्य उद्देश्य हो । मेलामा अटो मोबाइल, निर्माण, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, सूचना प्रविधि, मेकानिकल, आर्ट एण्ड कल्चरल, गार्मेन्टस्, ब्युटिसियन, डिजाइनिङ र पुरोहितसँम्बन्धी विधामा प्रशिक्षण हुनेछ ।

२ हप्ता अगाडि

प्रतिक्रिया