आज सेयर कारोबार नहुने, बैंक–वित्तीय संस्था पनि बन्द

२ हप्ता अगाडि

काठमाडाै - आज बुधबार वैशाख १९ सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो ।

अब बजार वैशाख २० गते बिहीबार बिहान ११ बजे खुल्नेछ । यसअघि मंगलबार बजार २५।९३ अंकले बढेर २००६।२८ अंकमा बन्द भएको थियो । उक्त दिन ४ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

२ हप्ता अगाडि

प्रतिक्रिया