खानामा विषाक्तताका कारण ११ बालबालिका सहित ४५ जना अस्पतालमा भर्ना

बुधबार, ०९ जेठ २०८१, ०८ : ०८

काठमाडौं -दक्षिणी म्यान्माको अय्यारवाडी क्षेत्रमा खानामा विषाक्तताका कारण ११ बालबालिका सहित ४५ जनालाई अस्पतालमा भर्ना गरिएको स्थानीय उद्धार संस्थाका एक अधिकारीले बताएका छन् ।

उक्त क्षेत्रको लबुट्टा नगरपालिकाका पीडितहरू सोमबार मसलादार अण्डाको तरकारी खाएपछि बिरामी परेको ती अधिकारीले बताए । प्रभावितमा दैनिक मजदुर र उनीहरूका परिवारका सदस्यहरू रहेका छन् । मजदुरहरूले आफ्नो कार्यस्थलमा तरकारी प्राप्त गरको र परिवारसँग बाँड्न घर ल्याएका थिए । 

एकतीस जना पीडितलाई मङ्गलबार अस्पतालबाट डिस्चार्ज गरिएको अधिकारीले बताए । 

बुधबार, ०९ जेठ २०८१, ०८ : ०८

प्रतिक्रिया