काठमाडौँ - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलासप्रसाद सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सिरोहियाको नागरिकतामाथि प्रश्न उठाउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता जाहेरी दर्ता भएको थियो ।
जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको हो । यस अघि आफ्नो नागरिकता छानबिन तथा सम्भावित धरपकड रोक्न सिरोहियाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले उक्त मुद्दामा गृह मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको हो ।
प्रतिक्रिया