हालसम्मकै सबैभन्दा धेरै रेन्ज दिने स्कुटर  ‘आरजेड–५००’  नेपाल आउँदै

२ हप्ता अगाडि

काठमाडौं- नेपालमै अहिलेसम्मको सबैभन्दा धेरै किलोमिटर रेन्ज दिने स्कुटर स्कुटर भित्रने भएको छ । क्रसफायर तथा इटालीका मोटरसाइकल आयात गर्दै अएको क्लासिक ह्वील इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिले हालसम्मकै सबैभन्दा धेरै रेन्ज दिने स्कुटर ल्याउने भएको हो ।

कम्पनीले चिनियाँ ब्राण्ड ग्यारोको हाइ पर्फमेन्स इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने तयारी गरेको हो । कम्पनी स्रोतका अनुसार विगत ६ महिनादेखि ग्यारो स्टारम्याक्स आरजेड ५०० परिक्षण भइरहेको छ ।

कम्पनीले आरजेड ५०० स्कुटर नेपालमै उपलब्ध हालसम्मको सबैभन्दा धेरै रेन्ज दिने स्कुटर हुने दावी गरेको छ । क्लासिक ह्वीलले बैशाख २९ गते धुलिखेल डर्ट टेम्पलमा उक्त स्कुटर सार्वजनिक गर्ने भएको हो । ग्यारो स्टारम्याक्स स्कुटरलाई लामो समय परिक्षण गरेर नेपाली बाटो सुहाउँदो परिमार्जनका साथ नेपालमा सार्वजनिक गर्ने तयारी भएको कम्पनीको भनाइ छ । चिनियाँ स्पेक स्टारम्याक्स आरजेड ५०० मा भने १८ किलोवाट मोटर रहेको छ । यसमा ७२ भोल्ट ३० एम्पीयर आवरको ब्याट्री उपलब्ध छ । यसमा कम्पनीले सिंगल वा डबल ब्याट्री कुन ल्याउँछ यकिन जानकारी बाहिर ल्याएको छैन । कम्पनीको दावी अनुसार यो स्कुटर नेपालमै सबैभन्दा धेरै रेन्ज दिने ब्याट्री प्याकमा आउने छ । नेपालमा हालसम्म सिंगल ब्याट्रीमा १६० किलोमिटरसम्म रेन्ज दिने स्कुटर नेपालमा उपलब्ध छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया