आजदेखि टुँडिखेलमा सीप मेला, दुई हजार ८१ जनालाई निःशुल्क ‘सीपमूलक तालिम’

२ हप्ता अगाडि

काठमाडाै  काठमाडौं महानगरपालिकाले बुधबारदेखि एक महिनासम्म टुँडिखेलमा ‘सीप मेला– २०८१’ आयोजना गरेको छ । ‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउन, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउन, रोजगार तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गर्न मेला सञ्चालन गरिएको हो । 

सीप मेलामा दुई हजार ८१ जनालाई उच्च माग भएका पेसासँग सम्बन्धित निस्शुल्क तालिम पनि उपलब्ध गराइने महानगरले जनाएको छ । यसरी तालिम पाएका सबैलाई रोजगार, स्वरोजगार वा ओजेटी (अन द जब ट्रेनिङ) सुनिश्चित गरिएको छ ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया