विद्युतीय साधन ५ मिनेट भित्रै फुल चार्ज

२ हप्ता अगाडि

काठमाडौँ-  विद्युतीय साधनलाई ५ मिनेट भित्रै फुल चार्ज गर्ने कुरा सजिलै  विश्वास गर्न सक्ने कुरा त होइन । तर, चिनियाँ ब्राण्ड नियोले त्यसलाई सम्भव बनाएको छ ।

कम्पनीले चार्जिङ स्टेशनमा गएर गाडी ५ मिनेट भित्रै चार्ज गर्ने नभएर ब्याट्रीनै सहजै परिवर्तन गर्न सक्ने स्वापिङ टेक्नोलोजीको प्रयोग गरेको हो । कम्पनीले त्यो टेक्नोलोजीको प्रयोग चीनमा ब्यापक बनाउँदै लगेको देखिन्छ । नियोको स्वापिङ सेन्टर निकै स्मार्ट छन् । नियोका कार पनि धेरै स्मार्ट मानिन्छन् । उसले चार्जिङको लागि पनि स्मार्ट सेन्टरहरु निर्माण गरेको छ ।

nio-station

चीनमा ३ हजार स्थानभदा धेरै स्थानमा संचालनमा रहेका एउटा ब्याट्री स्वाप स्टेशनले दैनिक ४०८ वटा गाडीको ब्याट्री स्वाप गर्न सक्छन् । यी स्टेशनमा ब्याट्री संख्या त्यति नै गाडीको लागि पुग्ने राखिएको हुन्छ । यी स्वाप स्टेशनमा जाने कारहरु अटोमेटीकल्ली पार्किङ हुने र ब्याट्री प्याक पनि आफैँ परिवर्तन गर्न सक्ने हुन्छन् । ब्याट्री परिवर्तनको समयमा चालकसमेत गाडीबाट बाहिर निस्कनु पर्दैन । गाडी पुगेको ५ मिनेट भित्रै फुल चार्ज भएको ब्याट्री गाडीमा फिटिङ हुन्छ । यसले गर्दा नियो प्रयोगकर्ताहरुले चार्जिङ स्टेशनमा घन्टौं कुरेर समय बर्वाद पार्नु पर्दैन । यसरी स्वाप स्टेशनमा परिवर्तन गरेको ब्याट्री उक्त स्टेशनको फास्ट चार्जिङबाट अर्को प्रयोगकर्ताका लागि फुल रिचार्ज भई तयार पारिन्छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया