यात्री इनर्जीले बनाएको मोबाइल ईभी चार्जिङ स्टेशन संचालनमा

२ हप्ता अगाडि

काठमाडौं- यात्री इनर्जीले बनाएको मोबाइल ईभी चार्जिङ स्टेशन संचालनमा आएको छ । युएसएड ऊर्जा नेपाल परियोजनाको सहयोगमा यात्री इनर्जीले निर्माण गरेको उक्त मोबाइल चार्जिङ स्टेशनको आज मंगलबार उद्घाटन गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अमेरिकी अन्तर्राष्ट्रिय सहयोग संस्था युएसएडका कार्यबहाक मिसन डाइरेक्टर करेन्ट वेल्चलगायतले संयुक्त रुपमा उक्त चार्जिङ स्टेशनको शुभारम्भ गरेका हुन् । चार्जिङ स्टेसनको क्षमता ३० किलोवाट छ । यसलाई आवश्यकता अनुसार विभिन्न ठाउँमा लगेर विद्युतीय गाडी चार्ज गर्न सकिन्छ । यसले ब्याट्री सकिएर बाटोमा अलपत्र परेका गाडीलाई उद्दार गर्न पनि सहयोग पुग्ने ऊर्जा नेपालले जनाएको छ । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारीको प्रवद्र्धन गर्न यस्ता चार्जिङ स्टेशन सहयोगी हुने बताए ।

आजै साझा यातायातले निर्माण गरेको चार्जिङ स्टेशन पनि संचालनमा आएको छ । पुलचोकमा रहेको साझाको पार्किङमा ११ वटा चार्जर संचालनमा आएको हो । उक्त चार्जिङ सेन्टरको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले गरेका हुन् । साझाले संचालनमा ल्याएको चार्जिङ स्टेशनमा एकै पटक २२ वटा बसलाई चार्ज गर्न सकिन्छ । आज एकै दिन साझा, यात्री र इ-स्टपले निर्माण गरेका चार्जिङ स्टेशन संचालनमा आएका हुन् । साझाका ११, यात्री इनर्जीका १७ र इ–स्टपका ६ वटागरी कुल ३४ वटा फास्ट चार्जर संचालनमा आएको हो ।

२ हप्ता अगाडि

प्रतिक्रिया