ई–ड्राइभ लुम्बिनीको सेवा सुरू

२ हप्ता अगाडि

काठमाडौँ-ई–ड्राइभ लुम्बिनीले रूपन्देहीबाट ट्याक्सी तथा बाइकहरूको अनलाइन सेवा सुरू गरेको छ । काठमाडौंबाट सेवा दिइरहेको ई–ड्राइभ नेपालसँगको सहकार्यमा लुम्बिनीले रूपन्देहीको भैरहवा र बुटवलबाट सेवा सुरू गरेको हो ।

ई–ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले भैरहवा र बुटवलबाट एकैपटक सेवा सुरू गरिएको जानकारी दिए । बुधबार पाँचवटा विद्युतीय गाडी सहित सेवा सुरू गरिएको र आगामी दिनमा गाडीहरू थप गर्दै जाने गुप्ताले बताए । ई–ड्राइभ नेपालले विगत ६ महिनादेखि काठमाडौंमा सेवा दिँदै आएको छ । ई–ड्राइभ लुम्बिनीले बुटवल र भैरहवादेखि कपिलवस्तु, नवलपरासी र पाल्पासम्म सेवा दिने गुप्ताले बताए ।

२ हप्ता अगाडि

प्रतिक्रिया