बीवाइडीको नयाँ सर्भिस सेन्टर कुपन्डोलमा तयार हुँदै

२ हप्ता अगाडि

काठमाडौं - काठमाडौं उपत्यकामा हाल एउटामात्र सर्भिस सेन्टरमार्फत सेवा दिँदै आएको आधिकारिक बिक्रेता साइमेक्स इंकले ललितपुरको कुपान्डोलमा नयाँ सर्भिस सेन्टर निर्माणलाई तिब्रता दिएको छ । 

साइमेक्स इंकले हाल काठमाडौं बाहिर विराटनगर, विर्तामोड, पोखरा, नारयाणघाट, बुटवल, नेपालगन्ज र धनगढीमा सर्भिस नेटवर्क विस्तार गरिसकेको छ । नेपाल आएको एट्टो–३ र डल्फिनले निकै राम्रो बजार लिएपछि देशका विभिन्न स्थानमा सर्भिस नेटवर्क थप गर्नुपर्ने दवाव कम्पनीमाथी सिर्जना भएको छ । कम्पनीले बीवाइडीको गाइडलाइन अनुसार आफ्नो वर्कशपलाई अत्याधुनिक र सुबिधासम्पन्न बनाउँदै लगेको छ ।

सर्भिस नेटवर्कसंगै कम्पनीले दक्ष जनशक्ति उत्पादन र स्पेयर पार्ट्सको स्टकमा समेत उत्तिकै जोड दिएको छ । बीवाइडीबाटै आएका इन्जिनियरको प्रत्यक्ष निगरानीमा गाडीको सर्भिसिङ गर्दै आएको कम्पनीले वर्कशपमा काम गर्ने टेक्निसियनलाई आवश्यक तलिम समेत प्रदान गर्दै आएको छ ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया