नेपालमा उत्पादन गरेको हेलमेट बंगलादेशमा  निर्यात सुरू

शुक्रबार, २१ बैशाख २०८१, ०९ : १३

काठमाडौं- यती ब्रान्डको नेपाली हेलमेट बंगलादेशमा निर्यात सुरु भएको छ। रुपन्देहीका आवास ग्रुपअन्तर्गतको मयुर स्टिल इन्डस्ट्रिज उत्पादन गरेको हेलमेट निर्यात सुरू भएको हो ।

मयूर स्टीलले सर्टिफाइड हेलेमेट तथा लेगगार्डहरू उत्पादन गर्दै आएको छ । कम्पनीले केही दिन अघिमात्रै, हाफ फेसमा डबल भाइजर पहिलो हेलमेट नेपाली बजारमा ल्याएको थियो ।

पहिलो एक कन्टेनर हेलमेट बंगलादेश पठाएका बताउँदै, मयुर स्टिल इन्डिस्ट्रिजका प्रवन्ध निर्देशक महेश थैवले भने,‘अहिले परिक्षणको रुपमा मात्रै निर्यात भइरहेको छ। बंगलादेशका व्यवसायीले अझै ठूलो परिमाणमा हेलमेट लैजाने विश्वास छ।’ कम्पनीले नेपालभर यती ब्रान्डमा हाफ र फुल हेलमेट तथा लेगगार्ड बिक्री गर्दै आएको छ।

शुक्रबार, २१ बैशाख २०८१, ०९ : १३

प्रतिक्रिया