महानगरको सिप मेलामा प्रशिक्षण लिनेको सङ्ख्या १० हजारभन्दा बढी

१ हप्ता अगाडि

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा   ‘सिप मेला २०८१’ मा हाल १० क्षेत्रका २९ पेसासँग सम्बन्धित तालिमहरू चलिरहेका छन् । हरेक दिन बिहान ८ बजेदेखि कक्षाहरू भइरहेको  छ । तालिम सञ्चालनसँगै अहिले आवेदकहरूको समूह विभाजन र कागजमा फाराम भर्नेहरूको विवरण कम्प्युटरमा प्रविष्ट गराउने काम भइरहेको महानगरको भनाइ छ । 


तालिमका लागि २ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित अनलाइन आवेदन माग गरिएको थियो । अनलाइनबाट फाराम भर्न कठिन हुनेहरूका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो । यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरूको ठुलो सङ्ख्याले प्रशिक्षणको अवसरका लागि माग गरेपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो ।


लिइएका आवेदनमध्ये अनलाइनबाट करिब पाँच हजार जनाले फाराम भरेको साथै वडाहरूबाट करिब ३ हजार २ सय जनाको र टुँडिखेलमै आएर कागजमा फाराम भर्नेको सङ्ख्या १० हजार बढी रहेको महानगरको भनाइ छ । 


मागलाई व्यवस्थापन गर्न तालिमलाई सिप मेलासँगै महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमसँग आबद्ध गरेर नियमित गरिने योजना बनाइएको, सी मेला निर्देशक समितिले बताएको छ  । 

१ हप्ता अगाडि

प्रतिक्रिया