ओमोडा–सेभेन अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराउने

१ हप्ता अगाडि

काठमाडौं- चेरीले आफ्नो न्यू इनर्जी ब्राण्ड ओमोडामा अर्को मोडल थप गरेको छ । कम्पनीले हाइब्रिड इन्जिनमा ओमोडा–सेभेन मोडल ल्याएको हो ।

अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले ओमोडा–सेभेन बजारमा ल्याएको हो । यसअघि कम्पनीले ल्याएको ओमोडा ई–फाइभ नेपाली बजारमा समेत बिक्री सुरु भइसकेको छ । प्लगइन हाइब्रिड टेक्नोलोजीमा आधारित ओमोडा सेभेन साइजमा पनि ठूलो छ । यसको लम्बाई ४६२१ एमएम, चौडाई १८७२ एमएम र उचाई १६७३ एमएम दिएको छ । ह्वीलवेस भने २७०० एमएम लामो पाउन सकिन्छ । कम्पनीले अमोडा फाइभकै प्लेटफर्ममा सेभेन पनि बनाएको छ । यसमा ह्वील भने २० इन्चको पाउन सकिन्छ । हाइड्रोलिक सस्पेन्सन र एड्भान्स ब्रेक-वाई-वायर टेक्नोलोजी यसमा पाउन सकिन्छ ।

डट म्याट्रीक प्याटर्नसहितको क्लोजअफ ग्रिल, ड्यूल टोन कलर, १५.६ इन्चको स्कृन यसमा पाउन सकिन्छ । कम्पनीले यो प्लगइन हाइब्रिड कारको आवाज क्याविनमा ९० प्रतिशतसम्म घटाएको दावी गरेको छ । हाइब्रिड कारमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले १५५ पीएस पावर प्रदान गर्छ । कम्पनीले यसमा रहने ब्याट्री साइजको विषयमा कुनै जानकारी नदिएपनि सिंगल चार्जमा ९५ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । कम्पनीका अनुसार यसमा रहेको इन्जिनले ५ लिटर पेट्रोलमा १०० किलोमिटर माइलेज दिन्छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया