६७ लाख मुल्य पर्ने चांगनको नयाँ कारको बिक्री सुरु हुदैँ

१ हप्ता अगाडि

काठमाडौं- चांगनको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले चाँडै दिपल ब्राण्डको नयाँ कार एल.०७ बिक्री सुरु गर्ने भएको छ । कम्पनीले आज एल.०७ को अधिकतम खुद्रा बिक्री मूल्य ६६ लाख ९९ हजार रुपैयाँ प्रकाशित गरेर गाडी बिक्री गर्न खोजेको संकेत दिएको हो ।

करिब दुई महिना अघि नै नेपाली बजारमा उपलब्ध यो कारको सडक परिक्षण पुरा गरेर बिक्री सुरु गर्ने तयारीमा कम्पनी जुटेको हो । कम्पनीले एक महिनाभन्दा केही दिनअघि दिपल एस-०७ एसयूभीको बिक्री सुरु गरेको थियो । एस-०७ मा ग्राहकको आकर्षण बढेसँगै अर्को कार बिक्री सुरु गर्न लागेको हो ।

चांगन एल-०७ थुप्रै इन्टेलिजेन्ट फिचरको साथ बजारमा आउने छ । यसका धेरै फिचरहरु एस-०७ कै जस्तो छ । यसमा ६६.८ किलोवाट आवर टेनरी लिथियम आयोन (एनएमसी) ब्याट्री छ । यसको रेन्ज एनइडीसीले प्रमाणित गरेअनुसार ५४० किलोमिटर हुनेछ । रियर ह्वील ड्राइभ सिस्टममा आउने कारमा मोटर भने ९९ किलोवाट आवरको मात्रै हुन्छ । यसलाई डिसी चार्जरको सहयोगले ३५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सबै लाइटहरु एलइडी प्रयोग भएको कारको छतमा पानारोमीक ग्लास रुफ, हाइट एड्जस्ट गर्न मिल्ने हेडलाइट, फ्रेमलेस ढोका र झ्यालहरु, अटो फ्रन्ट डिफगिङ सिस्टम, इलेक्ट्रीक हिडन डोर ह्याण्डल दिइएको छ । दिपल एल–०७ मा जस्तै एल–०७ मा पनि रियर स्पोइलर, पावर फास्टब्याक टेलगेट, हिटेड मिरर, अटो फोल्डीङ मिरर, रेन सेन्सर, कार ब्याक गर्दा आफैं तलमाथि गर्ने मिरर पाउन सकिन्छ ।

मल्टी फङ्गशनल स्टेरिङ ह्वील, अटो डिमिङ रियर भ्यू मिरर, सेन्थेथिक लेदर सिट, ८ तरिकाले मिलाउन मिल्ने चालक सिट, ड्राइभर सिट पोजिसन मेमोरीसँगै वेलकम फङ्गसनले ग्राहकलाई आकर्षित गर्न सक्छ । भ्यान्टिलेटेड सिट, यूएसबी पोर्ट, १२ भोल्ट पावर सकेट, ऐना सहितको सनभाइजर, पछाडि ६०ः४० मा फोल्ड हुने सिट, अटोमेटीक क्लाइमेट कन्ट्रोल, पीएम २.५ फिल्टर दिएको छ । इन्टेलिजेन्ट ड्राइभर एसिस्टेन्स सिस्टमको साथमा आउने एल-०७ मोडलमा एडाप्टीभ क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज एसिस्ट, सेफ डिस्ट्यान्स वानिङ, डोर ओपन वार्निङ जस्ता फिचर छन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया