३०० भन्दा बढी सेरेस नेपाली सडकमा

१ हप्ता अगाडि

काठमाडौं - नाडा अटो शोमा पहिलो पटक सार्वजनिक गरिएको इलेक्ट्रिक कार सेरेस  ३०० भन्दा बढी युनिट नेपाली सडकमा गुडिरहेका छन् । नेपाली बजारमा बिक्री प्रारम्भ भएको छोटो समयमै सेरेस ईभी इलेक्ट्रिक कार किन्न चाहने कार पारखीहरुको लागि सो कार मुख्य छनोट समेत बनेको छ । 

बलियो तरिकाले निर्माण गरिएको गुणस्तरीयता, एसयूभी लुक, प्रभावकारी रेन्ज, ग्राउन्ड क्लियरेन्स र स्लिक डिजाइनका कारण सेरेस ले प्रशंसा पाएको छ । नेपाली बजारमा लन्चिङ पश्चात दिगो र रोमान्चक ड्राइभिङ अप्सन उपलब्ध गराएर सेरेसले नेपाली ग्राहकको अपेक्षा भन्दा राम्रो सवारी उपलब्ध गराएको अनुभव गरिएको छ ।  लन्च  पश्चात यो गाडीको माग अझै बढेको हो ।

एसयूभी चाहने नेपाली ग्राहकको प्राथमिकतालाई समेत यसले प्रमाणित गरेको छ । अग्रगामी सोच राख्ने उपभोक्ताहरुको रोजाइको सवारी साधन बन्नमा सेरेस  को आकर्षक ग्राउन्ड क्लियरेन्स, उचित एसयूभी लुक र रोड प्रेजेन्सले महत्वपूर्ण भूमिका खेलेको मान्न सकिन्छ । सेरेसले नेपाली सडकमा आफ्नो प्रभुत्व कायम गरिरहँदा यसले यसको व्यावहारिकता, अतुलनीय कार्यसम्पादन र नेपालको भूभागका लागि उपयुक्तताका साथ विद्युतीय सवारीसाधनतर्फ महत्वपूर्ण कदमको प्रतीक हो

१ हप्ता अगाडि

प्रतिक्रिया