एसपीजी अटोमोबाइल्सले पायो एकैपटक दुई अवार्ड

१ हप्ता अगाडि

काठमाडौं- एसपीजी अटोमोबाइल्सले एकैपटक दुई अवार्ड पाएको छ । कम्पनीले ‘२०२४ ओमोडा र जेइको डिलर्स फोरम’मा ‘आउटस्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसन’ र ‘ईभी पायोनियर अवार्ड’ पाएको हो ।

एकैसाथ दुई अवार्ड पाउँदै एसपीजीले नेपालमा इलेक्ट्रीक गाडीको बजारमा आफ्नो स्थानलाई उत्कृष्ट प्रमाणित गरेको जनाएको छ । शारडा ग्रुपका निर्देशक गौरव शारडाले ग्राहकहरूको असिम साथ र सहयोगले उक्त अवार्ड पाउन सफल भएको बताए । ‘यो उपलब्धी हाम्रो नेपाली ग्राहकहरूको असिम साथसहयोगद्वारा सम्भव भएको हो । हामीले ल्याउने अत्याधुनिक ईभीहरूमा विश्वास गर्नुहुने सम्पूर्ण ग्राहकहरूप्रति हामी आभारी छौँ । हामी दिगो भविष्यका लागि सकारात्मक परिवर्तन ल्याउन अघि बढ्दैछौँ । हाम्रो सम्पूर्ण टिम, नेटवर्क पार्टनरहरू, र नेपालभरका हाम्रा प्रत्येक ग्राहकहरूसँग यो उपलब्धिको खुसी साट्न पाउँदा हामी अत्यन्तै गौरव महसुस गर्दछौँ,’ उनले भने ।

कम्पनीले नेपाली बजारमा ओमोडा ई ५ गत फेब्रुअरीमा लन्च गरेको थियो । डेलिभरि सुरू भएको छाटो समयमा नै कम्पनीले ग्राहकलाई फ्यूचरिस्टिक ओमोडा ई ५ को १५१ भन्दा बढी यूनिटहरू हस्तान्तरण गरिसकेको छ । ओमोडा गाडी अत्याधुनिक विद्युतीय प्रविधि, स्टाइलिस डिजाइन र आधुनिक सुविधा भएका कारण कारण नेपाली बजारमा ईभीका पारखीहरुको प्रमुख रोजाइमा पर्न सफल भएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया