एमजी मोटर्सको नयाँ इलेक्ट्रीक ह्याचव्याक कारको परिक्षण सुरु

१ हप्ता अगाडि

काठमाडौं- एमजी मोटर्स इन्डियाले नयाँ इलेक्ट्रीक ह्याचव्याक कारको परिक्षण सुरु गरेको छ । कम्पनीले क्लाउड नामबाट बजारमा ल्याउन लागेको नयाँ इलेक्ट्रीक ह्याचब्याकको परिक्षण सुरु गरेको हो ।

एमजी इन्डियाले हरेक ३ देखि ६ महिना भित्रमा एउटा नयाँ मोडल बजारमा ल्याउने योजना यसअघि नै सार्वजनिक गरेको थियो । त्यहि योजना अनुसार क्लाउड ईभीको परिक्षण सुरु भएको हो । अहिले परिक्षणमा देखिएको क्लाउड ईभीको एरोडाइमिक प्रोफाइलले धेरैलाई आकर्षित गर्न सक्छ । पुरै छोपेर परिक्षण भइरहेको यस ईभीमा पोलिगोनाल हेडल्याम्प हाउजिङ, अटोमोटीक एलइडी लाइट, एलइडी स्ट्रीप लाइट, मेस टाइप लोअर ग्रिल दिइएको छ । एमजीले परिक्षण गरिरहेको कारमा १८ इन्चको अलोय ह्वील, फ्लस डोर ह्याण्डल, कनेक्टेड टेलल्याम्प, रियर डिफगर, पावर टेलगेट, ड्यूल टोन कलर पाउन सकिन्छ । यसको साइज ४२९५ एमएम लामो, १८५० एमएम फराकिलो, १६५२ एमएम अग्लो छ । यसमा २७०० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

कम्पनीले यसलाई ‘ई–२६० ईभी प्लेटफर्म’मा बनाइरहेको छ । यसमा ६०६ लिटरको विशाल बुट स्पेश पाउन सकिन्छ । यसमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र १५.६ इन्चको विशाल टीएफटी इन्फोटेन्टमेन्ट सिस्टम उपलब्ध छ । यसका अलावा कम्पनीले यसलाई फिचर लोडेड बनाएर ल्याउने छ । रियर एसी भेन्टदेखि ३६० डिग्री क्यामेरासम्म यसमा रहने छ । डिजिटल एसी, पीएम २.५ फिल्टर, पावर विन्डो, स्टेरिङ पाउन्ट कन्ट्रोल बटम पाउन सकिन्छ ।

क्लाउड ईभीमा वायरलेस चार्जर, किलेस इन्ट्री, स्मार्ट स्टार्ट सिस्टम, यूएसबी पोर्ट, एडास फिचर सहित आउने भएको कारण यसले धेरै मानिसको मन जित्न सक्ने देखिन्छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया