इन्डक्सन फर्नेस उद्योगबाट मासिक १६ करोड घाटा

१ हप्ता अगाडि

काठमाडौँ - सरकारको कुल कर राजश्वमा एक चौथाइ हिस्सा पैठारीबाट प्राप्त हुने राजश्वले राख्दछ । नेपालमा पैठारीको परिमाण घट्नाले राजश्वमा  असर देखिएको छ । पैठारी घटिरहेको अवस्थामा समेत फलोमे छडको कच्चा पदार्थ स्पन्ज आइरन, स्क्राप तथा पिग आईरनको पैठारी परिमाण भने उच्च गतिमा बढिरहेको छ । तर ती वस्तुको पैठारीबाट राज्यले प्राप्त गर्ने राजश्व अनुपात घटेको सरोकारवालाको भनाइ छ । 

विगत वर्षहरूमा नेपालमा फलामे छड उत्पादन गर्नका लागि बिलेट्सको पैठारी ठुलो मात्रामा गरिन्थ्यो । वार्षिक १२ लाख मेट्रिक टन भन्दा बढी बजार रहेको फलामे छड उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा रोलिङ्ग मिलमा प्रयोग हुने बिलेट्सले ८५५ हिस्सा ओगट्दथ्यो । यस्तै इन्डक्सन फर्नेस मिलबाट स्पन्ज, स्क्राप तथा पिग आइरन प्रयोग गरी छड उत्पादन गर्नेहरूले कुल पैठारी परिमाणमा केवल १५५ हिस्सा राख्दथे ।आर्थिक वर्ष २०७७\७८ सम्म यही सेरोफेरोमा घुमेको पैठारी विवरण २०७८ भाद्र २५ गते जारी भएको प्रतिस्थापन विधेयक र सो पछि जारी आर्थिक ऐनहरू मार्फत लागु गरेका करका दरहरूका कारण बिस्तारै परिवर्तन हुँदै गएको छ ।  एक उद्योगीका अनुसार थप कच्चा पदार्थहरू स्क्राप र पिग आइरन पैठारीमा २०७८ भदौ २५ गतेदेखि भन्सार महसुल तथा अन्तःशुल्क शत प्रतिशत छुट गरिएको छ ।

फलामे छड बनाउन प्रयोग गरिने बिलेट्स ततायर छड उत्पादन गरिन्छ भने स्पन्ज, स्क्राप र पिग आइरनलाई गलाएर छड उत्पादन गरिन्छ । छड बनाउन आवश्यक सम्पूर्ण कच्चा पदार्थहरू विदेशबाट नै पैठारी गर्नुपर्ने वास्तविकता रहेको छ । यी चारै कच्चा पदार्थहरूको छड उत्पादन बाहेक कुनै फरक उपयोग नै नरहेको रोलिङ्ग मिलमा राजश्वको भार थप्दै इन्डक्सन फर्नेस मिल उद्योगीलाई दिइएको छुट सुविधा एकतर्फी र विभेदकारी रहेको ती उद्योगीको भनाइ छ । आ.ब. २०७७\७८ सम्ममा सबै कच्चा पदार्थहरूबाट समान रुममा भन्सार महसुल र मू.अ.कर गरी करिब १८.४५ राजश्व सङ्कलन हुने गरेकोमा आ।ब। २०७८\७९ देखि पैठारी परिमाण र रकम बढ्दै गरेको छ भने सो पैठारी रकममा राजश्वको अनुपात भने घट्दै गएको छ । 

बिलेट्सका हकमा हाल भन्सार बिन्दुमा नै कच्चा पदार्थमा अन्तःशुल्क सङ्कलन गर्ने व्यवस्था २०७८ भदौ २५ देखि लागु भएपश्चात नै राजश्वको पैठारी रकमसँगको अनुपात २२ प्रतिशत पुगेको छ भने इन्डक्सन फर्नेसमा गलाएर छड बनाउन प्रयोग हुने स्पन्ज आइरन, स्क्राप र पिग आइरनबाट प्राप्त हुने राजश्व अनुपात भने घट्दै गई हाल केवल १३.८५ रहेको छ । 

आ.ब. २०७८\७९ देखि आ.ब. २०८०\८१ को चैत्र महिनासम्मको ३३ महिनामा भन्सार विभागको विवरण अनुसार कुल रु. ११७ अर्ब १२ करोडको स्पन्ज, स्क्राप र पिग आइरन पैठारी भएकोमा सरदर १३.८५ का दरले रु. १६ अर्ब १९ करोड राजश्व सङ्कलन भएको छ । तर राजश्वमा छुट दिनुअघिको राजश्व दर १८.४५ का दरले हिसाब गर्दा कमि भएको राजश्वको सरदर दर ४.६५ अनुसार रु. ५ अर्ब ३२ करोड राजश्वमा घाटा भइसकेको छ जुन मासिक रूपमा सरदर रु. १६ करोड भन्दा बढी हुन आउँछ । 

समान राजश्व दर भएको आ.ब. २०७७\७८ मा वार्षिक रु. ८ अर्ब ५६ करोडको मात्रै पैठारी भएका यी ३ कच्चा पदार्थको कुल पैठारी आ.ब. २०७८\७९ मा ३ गुणाले बढ्दै रु. २६ अर्ब ६६ करोड पुगेको छ । आ.ब. २०७९\८० मा ६ गुणाले बढ्दै रु ५२ अर्ब २२ करोड पुगेको छ भने यस आ.ब. २०८०\८१ को ९ महिनामा मात्रै रु. ३८ अर्ब २४ करोड पुगेको छ । पैठारी रकममा वृद्धि भएता पनि राजश्वमा भने मासिक १६ करोड तथा वार्षिक करिब १ अर्ब ९५ करोड घाटा भइरहेको देखिन्छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया