पठाओले थप्यो ‘कार प्लस’ सुविधा

१ हप्ता अगाडि

काठमाडौँ - पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरु गरेको छ । कम्पनीले पठाओ कार भित्र नै कार प्लसको सुविधा थप गरेको हो ।

पठाओले प्रिमियम राइड लिन चाहने ग्राहकहरूका लागि यस्तो सुविधा ल्याएको जानकारी दिएको छ । नयाँ सेवा सुरु भएसँगै पठाओ कार राइड बुक गर्ने बेला रोज्न सकिने कम्पनीले जनाएको छ । कार प्लसका गाडीहरू राम्रोसँग मेन्टेन गरिएका, एसीसहित फराकिलो सिट सुविधासहित हुने पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए । यो फिचर हालको लागि काठमाडौँ उपत्यकामा मात्र लागु गरिएको र बाँकी सहरहरूमा समय अनुकूल विस्तार गरिने बस्न्यातको भनाई छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया