१० महिना देखि मध्य भोटेकोशी जलविद्युत् आयोजनाको काम रोकियो

१ हप्ता अगाडि

काठमाडौँ - मध्य भोटेकोशी जलविद्युत् आयोजनाको काम १० महिना देखि रोकिएको छ । आयोजना कार्यालयबाट सामाजिक उत्तरदायित्व अन्तरगत माग गरेको पैसा दिन नसकेपछि काम रोकिएको हो ।

सामाजिक उत्तरदायित्व अन्तरगत अस्पताल ,मोटरबाटोको लागी यस पटक १० करोड रकम आयोजना सँग माग गरीएको छ । तर आयोजना यति ठुलो रकम उपलब्ध गराउन नसक्ने बताउदै आईरहेको छ । यहि कारण प्रसारण लाइनको तार तान्ने काममा अवरोध भएपछि मध्य भोटेकोशी जलविद्युत् आयोजनाको काम १० महिना देखि रोकिएको हो । सामाजिक उत्तरदायित्व अन्तरगत १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले बाह्रविसे नगरपालिका १ करोड १० लाख र भोटेकोशी गाउँपालिकालाई ७० लाख रकम प्रत्यक वर्ष उपलब्ध गराउदै आएको छ ।  आर्थिक वर्ष २०७०\७१ देखि ०८०\८१ सम्म सामाजिक उत्तरदायित्व कार्यक्रमहरुमा ३२ करोड १८ लाख ९५ हजार १ सय ६५ रकम आयोजना कार्यालयबाट खर्च भएको छ । 

मध्य भोटेकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृतले १०२ मेगावाटको विद्युतशक्ति राष्ट्रिय प्रशारण प्रणालीमा जोडिने अन्तिम क्रममा रहेको बेला जग्गाधनीबाट विभिन्न मागहरु राखि तार तान्ने काममा अवरोध भएको बताए । आयोजनाको विद्युत्तगृहबाट नेपाल विद्युत्त प्राधिकरणणद्धारा निमार्णाधीन बाह्रबिसे सब स्टेशनसम्म ४ कि.मि. लम्बाईको २२० के.भी. प्रशारण लाइनको सम्पुर्ण १३ वटा टावरहरूको निमार्ण सम्पन्न भएर टावर नम्वर १ देखि ७ सम्म तार तानि सकिएको छ । बाँकी ६ वटा टावरहरुमा तार तान्ने काम स्थानीयको अवरोधका कारण २०८० सालको असार १६ देखि रोकिएको हो । 

नेपाल विद्युत्त प्राधिकरणसँग गरेको विद्युत्त खरीद विक्री सम्झौता अनुसार २०८० सालको मंसिर १४ बाट ब्यापारिक उत्पादन गर्ने लक्ष्य सहित कम्पनीले सम्झौता गरेको थियो । तर बाह्रबिसे को ४ मा प्रशारण लाइनको तार तान्ने कार्यमा स्थानीयको अवरोध भएपछि आयोजनाको सम्पुर्ण संरचनाको निमार्ण कार्य सम्पन्न भई विद्युत उत्पादन हुने अन्तिम चरणमा पुग्दा पनि ब्यापारिक उत्पादन हुन सकिरहेको छैन । अवरोध कायम भएको स्थान नेपाली कांग्रेसका नेता समेत रहेका प्रतिनिधि सभा सदस्य मोहन बहादुर बस्नेतको गाउँ हो । राष्ट्रिय आयोजनामा यसरी अवरोध हुदा १ महिनामा १२ करोड बराबरको घाटा ब्यहोर्नु परेको छ ।

 सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले कानुन अनुसार मुआब्जा निर्धारण भएकोले प्रभावित जग्गा धनीले मुआब्जा रकम बुझ्नुको विकल्प नरहेको बताए । यदि प्रभावितले मुआब्जा रकम नबुझेमा स्वत राज्य कोषमा रकम दाखिला हुने प्रचलित ऐनमा उल्लेख गरीएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ । मध्य भोटेकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले अब मुआब्जा बुझ्न अन्तिम सुचना प्रकाशनको तयारीमा आयोजना गरेको बताउदै आवस्यक परेको अवस्थामा सुरक्षा स्रोत परिचालन गरेर भएपनि आयोजनाको काम अगाडि बड्ने दावि गरे। २०८० को चैत्र मसान्त सम्म मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निमार्ण अवधिको ब्याज सहित १९ अर्ब ७५ करोड १९ लाख ५३ हजार खर्च भएको छ । हाल आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भईसकेको छ ।  
 

१ हप्ता अगाडि

प्रतिक्रिया