निजी क्षेत्रले १० वर्षमा दुई हजार आठ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्नसक्ने

विहीबार, ०३ जेठ २०८१, १७ : ४५

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १० वर्षमा दुई हजार आठ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्नसक्ने बताएका छन् ।बिहीबार काठमाडौँमा भएको प्रि-बजेट छलफल कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

उनले नेपालको जलविद्युत उत्पादनमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै १० वर्षमा दुई हजार आठ सय विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। उनले जलविद्युत व्यवसायीका माग प्रति प्राधिकरण सकारात्मक रहेको बताए। उनले निजी क्षेत्रका जस्तै समस्या प्राधिकरणले समेत भोगिरहेको भन्दै प्राधिकरणलाई पनि सुधार गर्दै लैजान आवश्यक रहेको बताए।

घिसिङले प्राधिकरण पीपीए खोल्नेदेखि लिएर पीपीए भएका आयोजना निर्माण समयमा सम्पन्न सहजीकरण गर्ने विषयमा सकारात्मक रहेको बताए। उनले प्राधिकरणले अहिलेसम्म १० हजारसम्मको पीपीए गरेर तीन हजार पाँच सयको प्रोजेक्ट आइसकेको र सो प्रोजेक्ट निर्माणको चरणमा रहेको बताए।  उनले राजश्वको विषयले गर्दा विद्युतीय सवारी साधनमा  भएको प्रमोसनले अन्त कतै जाने खतरा देखिएको भन्दै सरकारले विशेष ध्यान दिनु आवश्यक रहेको बताए।

उनले नेपालमा विद्युतीय सवारी साधनको प्रमोसनका कारण विद्युत खपतमा राम्रो पिकअप लिएको बताए। उनले सवारी साधनको प्रमोसनले नेपालमा ग्रीन इनर्जीको खपतलाई थप सपोर्ट गरेको बताए । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल ९इप्पान०का अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गरेर ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति लिनुपर्ने बताए ।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो व्यवसायी पेसाबाट पलायन हुने अवस्था आएको बताए। उनले समग्र अटो व्यापार खस्किँदा व्यवसायीलाई मात्र नभई सरकारलाई समेत घाटा भएको बताए ।  

विहीबार, ०३ जेठ २०८१, १७ : ४५

प्रतिक्रिया