टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो, ग्राहकको ३०% खर्च बचत हुने

मंगलबार, २५ बैशाख २०८१, १६ : १७

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घटाएको छ ।

ग्राहक वर्गहरूकोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरूको मूल्य समायोजन गरेको कम्पनीले जनाएको छ । अब सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरूमा ग्राहकहरूले पहिलेको दाँजोमा कम मूल्यमा टाटा जेन्यूइन पार्ट्सहरू प्राप्त गर्न सक्ने छन् ।

सिप्रदीको ग्राहकमुखी अवधारण अनुरूप टाटा जेन्यूइन पार्ट्सको मूल्य घटाइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘अब टाटा कमर्सियल गाडीका ग्राहकवर्गहरूले सिप्रदीका वर्कशपहरूमा अनुभवी तथा दक्ष प्रविधिकहरूबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्यूइन पार्ट्सको प्रयोगबाट गुणस्तरीय सर्भिसिङ्ग तथा मर्मत कार्यको फाइदा उठाउन सक्नेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस मूल्य समायोजन पश्चात ग्राहकवर्गले आफ्नो गाडीको सञ्चालन खर्चमा ३०% को बचत प्राप्त गर्न सक्नेछन् ।’

घटेको मूल्य आयतबारदेखि नै लागू भइसकेको कम्पनीले जनाएको छ । साथै, सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरूमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरूमा ६ महिना वा ५० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा पनि कम्पनीले प्रदान् गर्दै आएको छ ।

मंगलबार, २५ बैशाख २०८१, १६ : १७

प्रतिक्रिया