हुन्डाईले बनाएको एसेम्बली प्लान्ट आजबाट सञ्चालनमा आउने

१ हप्ता अगाडि

काठमाडौं-  हुन्डाईले बनाएको एसेम्बली प्लान्ट आजबाट आधिकारीक रुपमा सञ्चालनमा आउने भएको छ । नवलपरासीको रामग्राम क्षेत्रमा निर्माण भएको प्लान्ट आज (शुक्रबार) एक कार्यक्रमका बीच उद्घाटन हुन लागेको हो ।

कोरियन कार निर्माता हुन्डाईले नेपालमा लगाएको एसम्बली प्लान्टबाट भेन्यू मोडलको उत्पादन सुरू हुन लागेको हो । लक्ष्मी मोटर कर्पोरेशनले हुन्डाईको एसेम्बली प्लान्ट स्थापना गरेको हो ।

लक्ष्मी मोटर २०७६ सालमा स्थापना भएको कम्पनी हो । सुरुमा वार्षिक ८ हजार यूनिट कार उत्पादन गर्ने लक्ष्य कम्पनीले निर्धारण गरेको थियो । कम्पनी दर्ता भएपनि सरकारी नीतिले साथ नदिदा लामो समय प्लान्ट स्थापना हुन सकेको थिएन ।

एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने नीति बजेटले बनाएसँगै प्लान्ट निर्माणको काम अगाडि बढेको थियो । अहिले एसेम्बलको लागि ल्याइने सिकेडी किट आयातगर्दा भन्सारमा २५ प्रतिशत र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने ब्यवस्था गरिएको छ । नयाँ प्लान्टमा उत्पादन भएको भेन्यू सब फोर मिटर एसयूभीलाई आगामी शनिवार सार्वजनिक गर्ने तयारी कम्पनीले गरिरहेको बुझिएको छ । मूल्य घट्ने वा नघट्ने विषयमा आधिकारीक जानकारी शनिवार मात्रै आउने छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया