नेपाल मोबिलिटी सोलुन्सन्सद्वारा ‘जुमजुम’ सञ्चालन

शनिबार, २९ बैशाख २०८१, १४ : ३३

काठमाडौँ - नेपाल मोबिलिटी सोलुन्सन्सले गर्वका साथ ‘जुमजुम’, नयाँ राइड सेयरिङ प्लेटफर्म सञ्चालन गरेको छ। नेपाल मोबिलिटी सोलुसन्स अन्तर्गत एक ब्रान्डको रूपमा, जुमजुम, आफ्ना ग्राहकहरूको सहज र सुबिधायुक्त यात्राका लागि नयाँ विशेषताका साथ प्रस्तुत भएको हो  ।

नेपाली कम्पनी, एफवान सफ्ट ग्रुपको विज्ञहरूद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिक मिद्वारा विकसित एप, जुमजुमले, नेपालको यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउनुको साथै नेपाली यात्रुहरूको आवश्यकता बमोजिम सुविधा प्रदान गर्ने अपेक्ष्या राखेको छ ।

एफवान सफ्ट ग्रुपका सिइओ शर्माले आफ्नो उत्साह व्यक्त गर्दै भने, “एफवान सफ्टले सधैँ डिजिटल आविष्कारको नेतृत्व गर्दै आएको छ, नेपालको डिजिटल रूपान्तरणलाई सहज बनाउन डिजिटल उत्पादन र सेवाहरूको इकोसिस्टम निर्माण गर्दै आएको छ । जुमजुमलाई पनि राइड सेयरिङ सेवाको रूपमा यस इकोसिस्टममा समावेश गर्नेछौँ ।”

प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत यात्रुहरूले आफ्नो स्मार्टफोनमा केही क्लिकमै  सवारी बुक गर्नुको साथै रियलटाइम ट्र्याकिङले सवारीहरूलाई व्यवस्थित र निगरानीको साथ झन्झट–रहित यात्राको अनुभव सुनिश्चित गर्दछ । जुमजुमले ड्राइभरहरूको लागि प्रमाणिकरण प्रक्रियाहरू र एप भित्र सुरक्षा उपायहरूको साथ यात्रुहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
 

शनिबार, २९ बैशाख २०८१, १४ : ३३

प्रतिक्रिया