काठमाडौं- टाटा मोटर्सले भारतीय बजारमा एस ईभी १००० इलेक्ट्रिक कार्गो भेहिकल सार्वजनिक गरेको छ। टाटा एस ईभी १००० ले सिङ्गल चार्जमा राम्रो पेलोड क्षमताका साथै १६१ किलोमिटरको दायरा प्रदान गर्दछ।
१६१ किलोमिटरको दायरा भएको एस ईभी १००० लाई दैनिक इन्ट्रा–सिटी डेलिभरीका लागि प्रयोग गर्न सकिने उल्लेख गरिएको छ। भारतीय अटोमोटिभ बजारमा पावरहाउसको रुपमा रहेको टाटा मोटर्सको नयाँ कार्गो ईभी ‘एस ईभी १०००’ ले बजारको ठूलो क्षेत्रलाई समेट्ने कम्पनीको रणनीतिलाई जोड दिने जनाइएको छ।
ईभीमा २७ किलोवाटको विद्युतीय मोटर रहेको छ भने यसको पेलोड क्षमता १ टनको छ। एस ईभी १००० लाई टाटाका ग्राहकहरूबाट प्राप्त इनपुटमा विकसित गरिएएको टाटाले बताएको छ भने यसले एफएमसीजी, वेभरेजेस (पेय पदार्थ), एलपीजी, डेयरी र लजिस्टिक उद्योगको पेन्टरलुब्रिकेन्ट क्षेत्रका आवश्यकताहरू पूरा गर्ने थप उल्लेख गरेको छ। एस ईभी १००० मा फ्लीट एज, टेलिमेटिक्स र ब्याट्री व्यवस्थापन प्रणाली लगायत अन्य सुविधाहरू रहेका छन्। यी प्रविधिहरू टाटा ग्रूप्स अफ कम्पनीहरूले विकास गरेको जनाइएको छ।
ई–कार्गो भेहिकलले रिजेनेरेटिभ ब्रेकिङ प्रदान गर्दछ भने १३० एनएमको पीक टर्क उत्पादन गर्नेछ। साथै टाटा एस ईभी १००० लाई ठूला कामका लागि छिटो चार्ज गर्न सकिने छ। त्यसैगरी यो एस ईभी १००० पूर्ण रूपमा लोड भएको खण्डमा स्लोप्स (ढलानहरू) मा नेभिगेट गर्नका लागि भनेर एनहान्स्ड फङ्गङ्गनेलिटीको साथ आउने उल्लेख गरिएको छ। टाटा एस ईभी १००० ई–कार्गो भेहिकलको मूल्य दायरा करिब भारु. ९.२२ लाख (एक्स–शोरूम) रहेको छ।
प्रतिक्रिया