राष्ट्र बैंकद्धारा ई-नेट पेमेन्ट प्रा.लि. खारेज

सोमबार, ३१ बैशाख २०८१, १३ : ०९

काठमाडौं - नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने ई-नेट पेमेन्ट प्रा।लि खारेज गरेको छ । भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने गरी २०७६\११\२१ मा अनुमतिपत्र पाएको ई-नेट पेमेन्ट प्रा.लि. ले बैंकको निर्देशनको परिपालना नगरेको देखिएकोले खारेज गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १(ग) को व्यवस्था बमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको मितिले ३१ औं दिन देखि लागू हुने गरी खारेज गरिएका बताइएको छ । यदि उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको संस्थासँग कुनै लेनदेन-दायित्व बाँकी रहेको भए ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्नु भनिएको छ ।

 

सोमबार, ३१ बैशाख २०८१, १३ : ०९

प्रतिक्रिया