काठमाडौँ - नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सिइओमा थप दुई वर्षका लागि ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त भएका छन् । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो ।
ढुङ्गाना यस अघि २०७९ असार १७ गते बैंकको सिइओमा नियुक्त भएका थिए । उनको दुई वर्षे कार्यकाल सकिन लागेसँगै २०८१ असार १७ गतेदेखि लागू हुनेगरी थप दुई वर्षका लागि ढुङ्गानालाई सिइओ नियुक्त गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया