काठमाडौँ - हुन्डाई दोस्रो धेरै नाफा आर्जन गर्ने अटो निर्माता बनेको छ । हुन्डाई समहुले सन् २०२४ को पहिलो त्रैमासिकमा सञ्चालन मुनाफाको हिसाबले फक्सवागन समूहलाई उछिनेको हो ।
दक्षिण कोरियाली कार निर्माताले ५.०९ बिलियन अमेरिकी डलर दर्ता गरी विश्वव्यापी अटोमोटिभ उद्योगमा दोस्रो उच्च अपरेटिङ नाफा दर्ता गरेको जनाइएको छ । फक्सवागन ४.९४ बिलियन डलरको साथ तेस्रोमा झरेको छ । जापानी कार निर्माताले सोही अवधिमा ७.१५ अर्ब डलरको सञ्चालन नाफा दर्ता गरेको छ । कोरियामा सार्बजनिक प्रतिवेदन अनुसार हुन्डाईले १०.४५ को उच्चतम नाफा मार्जिन राख्ने गरेको छ । जवकी यो नाफा टोयोटाको १०५ मात्र छ ।
प्रतिक्रिया