किया ईभी९ को बिक्री सुरु हूँदै

विहीबार, ०३ जेठ २०८१, १८ : ०७

काठमाडौं - कियाको फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी ईभी९ भन्सार विन्दुमा आइपुगेको छ । भन्सार जाँचपास भएर सोरुममा आइसकेपछि यसको बिक्री सुरु हुने  छ । आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङका अनुसार पहिलो चरणमा १० वटा इभी९ नेपाल आएको हो । यसको मूल्य १ करोड ८० लाख हाराहारी तय हुने अनुमान गरिएको छ ।

नयाँ एसयूभीको लम्बाई ५०१० एमएम, चौडाई १९८० र उचाई १७५५ एमएम छ भने ह्विलवेश ३१०० एमएम छ । इन्नोभेटिभ डिजाइन र हाईटेक इन्टेरियरमा सजिएको सो एसयुभीलाई फयुचरिष्टिक देखाउन डिजिटल टाइगर फेस सिग्नीचर, डिजिटल प्याट्रन लाइटिङ ग्रील र भर्टिकल हेडल्याम्प जस्ता एक्सटेरियर फिचर दिइएको छ ।

ईभी९ अन्तराष्ट्रिय बजारमा मा ९९.८ किलोवाट आवर र ७६.१ किलोवाट आवरको ब्याट्री अप्सनमा उपलब्ध रहँदै आएकोमा कुन साइजको ब्याट्री प्याक जडित मोडल नेपाल आएको हो भन्ने विषयमा स्पष्ट जानकारी आइसकेको छैन । रियर ह्विल र अल ह्विल दुबै ड्राइभ सिस्टमा उपलब्ध यसको रियर ह्विल ड्राइभ मोडल नेपाल आएको हो । यो नयाँ कारको रेन्ज ५४१ किलोमिटर दावी गरिएको छ । फराकिले पानारोमिक डिस्प्ले दिइएको यो एसयूभीमा १२.३ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले र सोही साइजकै अर्को इन्स्ट्रयुमेन्ट क्लस्टर डिस्प्ले तथा ५ इन्चको सेग्मेन्ट डिस्प्ले राखिएको छ । 

विहीबार, ०३ जेठ २०८१, १८ : ०७

प्रतिक्रिया