काठमाडौं – अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकले घर कर्जालाई खुकुलो बनाएको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ मा ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै घर कर्जा खुकुलो बनाएको हो।
राष्ट्र बैंकले घरजग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत कायम गर्ने भएको छ।
अब ग्राहकले आफ्नो आम्दानीको ७० प्रतिशत रकम किस्ता तिर्न सक्ने गरेर ऋण पाउने भएका छन्। कर चुक्ता प्रमाण पेश गरेका आधारमा यो अनुपातमा कर्जा पाउने भएको हो।
प्रतिक्रिया