प्रधानमन्त्री र प्रतिपक्षबीच बालुटारमा छलफल

शनिबार, ०५ जेठ २०८१, १० : १३

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेर बहादुर देउवा,  उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला र रमेश लेखकलगायतका नेताहरु बालुवाटार पुगेका हुन् । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले स‌ंसद अवरुद्ध गर्दै आइरहेको छ ।

प्रधानमन्त्री  दाहालले संसदको गतिरोध अन्त्यको प्रयासमा  कांग्रेसका नेताहरुसँग सम्वाद जारी राखेका छन् । उनले आज बिहानै  नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएर छलफल गरिरहेका छन् । प्रधानमन्त्री दाहालले सोमबार  चौथो पटक विश्वासको मत लिँदैछन् । संसदको गतिरोध अन्त्य र विश्वासको मत लिने विषयमा छलफल केन्द्रीत  रहेको जनाइएको छ ।

 

शनिबार, ०५ जेठ २०८१, १० : १३

प्रतिक्रिया