काठमाडौँ - मुक्तिनाथ विकास बैंक लिमिटेडले नवलपुरका विद्यार्थीहरूलाई पोसाक वितरण गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा तथा बालबालिकाहरूको हितसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको बैंकले स्कूल पोसाक उपलब्ध गराइएको हो ।
नवलपुरको बुलिङटारस्थित श्री रम्भादेवी आधारभूत विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ७६ जना विद्यार्थीहरूलाई स्कूल पोसाक वितरण गरिएको बैंकले जनाएको छ । पोसाक हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक तथा पदाधिकारी, विद्यार्थीहरूको उपस्थिति रहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए । उक्त सहयोगबाट विद्यार्थीहरू विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया