सिटिजन्स बैंकले बेनी अस्पताललाई वाटर फिल्टर सहयोग गर्यो

आइतबार, ०६ जेठ २०८१, १६ : १४

काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनलले  म्याग्दीको बेनी अस्पताललाई आरवो वाटर फिल्टर सहयोग गरेको छ । 

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बेनी अस्पतालमा आज आयोजित एक कार्यक्रमका बीच अस्पताललाई दुई वटा वाटर फिल्टर हस्तान्तरण गरिएको हो । अस्पतालमा सुरक्षित खानेपानीको अभावका कारण विरामीहरुलाई कठिनाईका साथसाथै स्वास्थ्यकर्मीहरुलाई पनि सेवा प्रवाहमा असहजता भएको पाइएकाले सो सहयोग गरिएको बैंकले जनाएको छ । 
 

आइतबार, ०६ जेठ २०८१, १६ : १४

प्रतिक्रिया