काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जनाको नाम ‘सर्टलिस्ट’ भएको छ ।
सीईओ छनोट उपसमितिको आइतबार बसेको बैठकले आवेदन दिएकामध्ये सर्टलिस्टमा परेको ५ जनाको नाम छनोट गर्दै व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाताका लागि उनीहरूलाई बोलाएको हो । सीईओका लागि सर्टलिस्टमा पर्नेहरूमा नेपाल बैंकको पूर्वप्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बैंककै बहालवाला नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालसहित प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छन् ।
प्रतिक्रिया