काठमाडौँ - बजाजले पल्सर एफ २५० को २०२४ मोडल भारतमा सार्वजनिक गरेको छ । कम्पनीले सामान्य अपडेटका साथ पल्सर एफ २४० को २०२४ मोडल ल्याएको हो ।
बाइकमा ब्लुटुथ कनेक्टिभिटी र टर्न-बाई-टर्न नेभिगेसन फिचर पाउन सकिन्छ । साथै यसमा एन२५० मा जस्तै अपडेट गरिएको स्विचगियर पनि उपलब्ध छ । पल्सर एन २५० को पुरानो मोडल जस्तै देखिने यो बाइकमा सेमी–फेयर्ड, स्पोर्टी हेडल्याम्प, चिन फेयरिङ र टु पिस सिट पाइन्छ । बाइकमा २४९ सिसी क्षमताको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २४ विएचपी र टर्क २१.५ एनएम छ । साथै यसको अगाडी टेलिस्कोपिक फोर्क र पछाडी मोनो शक सस्पेन्सन दिइएको छ भने दुबै चक्कामा एलोय ह्वील र डिस्क ब्रेक राखिएको छ ।
प्रतिक्रिया