भारतमा पल्सर एफ २५० को २०२४ संस्करण सार्वजनिक

बुधबार, ०९ जेठ २०८१, १२ : १२

काठमाडौँ-बजाजले भारतमा पल्सर एफ २५० को २०२४ संस्करण सार्वजनिक गरेको छ । बाइकको मूल्य १ लाख ५० हजाार भारु निर्धारण गरिएको छ ।

सो नयाँ संस्करणमा बजाजले पल्सर एन २५० को जस्तै नयाँ एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ । बाइकमा ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाई–टर्न नेभिगेसन फिचर पाउन सकिन्छ । साथै यसमा एन२५० मा जस्तै अपडेट गरिएको स्विचगियर पनि उपलब्ध छ । पल्सर एन २५० को पुरानो मोडल जस्तै देखिने यो बाइकमा सेमी–फेयर्ड, स्पोर्टी हेडल्याम्प, चिन फेयरिङ र टु पिस सिट पाइन्छ ।

बाइकमा २४९ सिसी क्षमताको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २४ विएचपी र टर्क २१.५ एनएम छ । साथै यसको अगाडी टेलिस्कोपिक फोर्क र पछाडी मोनो शक सस्पेन्सन दिइएको छ भने दुबै चक्कामा एलोय ह्वील र डिस्क ब्रेक राखिएको छ ।

बुधबार, ०९ जेठ २०८१, १२ : १२

प्रतिक्रिया