प्रभु बैंकका ग्राहकहरूलाई पोखराको दुई होटलमा छुट

बुधबार, ०९ जेठ २०८१, १२ : ४८

काठमाडौँ- प्रभु बैंक लिमिटेडका ग्राहकहरूले पोखराको दुई होटलमा विशेष छुट पाउने भएका छन् । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रालि र किङ्गस लाउन्ज पोखरामा बैंकका कर्मचारी तथा ग्राहकहरू लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । 

छुट्टाछुट्टै समारोहकाबीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारी का परिवारजनले होटल सरोवरमा उपलब्ध सेवाहरूमा विशेष छुट पाउने छन् । 

किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरू खाना, खाजा, तथा मनोरञ्जन सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहक हरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

बुधबार, ०९ जेठ २०८१, १२ : ४८

प्रतिक्रिया